arrow

एक कार्यकाल जेलमै बिताएका रेशम चौधरीले फेरि पनि जेलबाटै चुनाव लड्ने, वारेसनामामार्फत मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
resham-chaudhary.jpg
तस्बिर – फाइल ।

काठमाडौं । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी जेल भित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् ।

श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन् । उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ ।

उनले २०७४ को निर्वाचन पनि जितेका थिए । तर उनलाई हथकडी लगाएरै जेलबाट सिंहदरबार लगेर सांसदको सपथ दिलाए पनि फेरि जेलमै पुर्याइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ