arrow

निजामती सेवा दिवस : कस्ता हुन्थे पौराणिक कालका सरकारी कर्मचारी ?

logo
डा. प्रकाश ढकाल,
प्रकाशित २०७३ भदौ २२ बुधबार
NIjamati_pauranik.jpeg
काठमाडौ‌ । कौरवसँग जुवा हारेर बाह्र वर्षको वनबासको अवधि पुरा गरेपछि पाण्डवहरूलाई एक वर्षसम्म कसैले चाल नपाउने गरी लुकेर गुप्तवास बस्नुपरेको थियो । एकवर्षसम्म कसैले थाहा नपाउने गरी बस्नु सजिलो कुरा थिएन । कुनै कारणले चिनेको खण्डमा फेरी १२ वर्ष वनवासमै रहनुपर्ने कडा प्रावधानले पनि समस्या अत्यन्त जटिल थियो । 
 
असजिलो परिस्थितिमा युधिष्ठिरले एक वर्षको गुप्तवास विराट्को राजदरवारमा भेषभूषा, नाम, कर्म सम्पूर्ण लुकाएर सामान्य तरिकाले बस्ने निर्णय गरेका थिए । आफ्ना कुलपुरोहित आचार्य धौम्यलाई यी सम्पूर्ण कुराहरू बताएर विराट दरवारमा जानको लागि आज्ञा दिएका थिए । आचार्य धौम्यले विराट् राजाको दरवारमा बस्दा के कस्ता तरिकाहरू अपनाउँदा कल्याण हुन्छ भन्ने कुरा बताइदिएका थिए । 
राजा वा सत्ताधारीको पक्ष लिएर काम गर्ने कर्मचारीलाई नागरिकले द्वेष गर्दछन् । जनताको हित गर्नेलाई राजाले मनपराउँदैनन् । यसरी जनता र सत्ताधारी दुवै पक्षकाबीच समानरूपले विरोधको वातावरण सृजना भइरहेको बुझाउँदै मिल्दो–जुल्दो हुने गरेर काम गर्न सक्ने कार्यकर्ता वा कर्मचारी उपलब्ध पनि अत्यन्त कठिन छ ।
राजाको दरवारमा काम गरेर बस्दा कसरी अनुशासित भै आत्मसंयमका साथ रहनुपर्दछ भन्ने किसिमका शिक्षा दिएका थिए । वर्तमान समयका राजप्रासाद तथा निजामती सरकारी कर्मचारीहरूका आचारसंहिताहरू यस नीतिसँग मेल खान्छन् । धौम्यले गुप्तवास बस्नुपूर्व द्रौपदिसहितका पाँच पाण्डवलाई दिएको विशेष शिक्षा नै धौम्यनीतिको नामले परिचित छ । 
 
कर्मचारी
राजा वा सत्ताधारीको पक्ष लिएर काम गर्ने कर्मचारीलाई नागरिकले द्वेष गर्दछन् । जनताको हित गर्नेलाई राजाले मनपराउँदैनन् । यसरी जनता र सत्ताधारी दुवै पक्षकाबीच समानरूपले विरोधको वातावरण सृजना भइरहेको बुझाउँदै मिल्दो–जुल्दो हुने गरेर काम गर्न सक्ने कार्यकर्ता वा कर्मचारी उपलब्ध पनि अत्यन्त कठिन छ ।
 
राजप्रासादमा काम गर्ने कर्मचारीले राजासँगको कुराकानीमा विशेष ख्याल राख्नुपर्छ । राजा वा सत्ताधारी उच्च अधिकारीहरूसँग भेट गर्नुपर्ने भएमा सर्वप्रथम ढोकेमार्फत खवर पठाएर अनुमति प्राप्त गर्नुपर्छ । राजामा विश्वास कहिल्यै गर्नुहुँदैन । कुनैपनि शासक वा अधिकारीलाई सोझै भेट्न पाउनु राम्रो हुँदैन । शासकलाई भेट्दा उसलाई पूर्व जानकारी दिएर मात्र भेट्नु अत्यन्त उपयुक्त हुन्छ । पूर्व जानकारी पश्चात् भेट् बढ्दा दुबै पक्षको गरिमा हुन्छ । राजाको प्यारो मान्छे म हुँ भन्दै राजा वा शासकको सवारी, विस्तरा, कुर्सी, हात्ती, रथ आदिमा जो मानिस चढ्दैन त्यो नै राजमहलमा सुखपूर्वक रहन सक्दछ ।
शासकका पत्नीहरूलाई हातमा लिएर आफ्नो काम गराउन सजिलो हुन्छ । कुनै पनि मानिस आफ्नी पत्नीको आग्रह नकार्न सक्दैन । कसैले राजा वा शासककी पत्नीको मन  जितेर काम फत्ते पार्न यस्तो कार्य गर्दछन् ।
शासकको नजिकको मान्छे सम्झेर अनावश्यक उसको सेरोफेरोमा रहने जोसुकैलाई पनि राजाले राम्रो मान्दैनन् । राजाको सवारी, विस्तरा,कुर्सी आदिमा बस्दाखेरि राजाले आफ्नो अपमान भएको महसुस गर्दछन् । तसर्थ राजाको वैयक्तिक कुराहरूमा प्रवेश गर्नु राम्रो मानिदैन । राजा वा राजाका पत्नीहरूसँग बुद्धिमान् मानिसले बढीमात्रामा हेलमेल बढाउनु हुँदैन । रानीहरूको निवास खोपीमा पनि बढी जानु हुँदैन । राजाले जोसँग रिसाउँछन् र जसले राजालाई अहित गर्न खोज्छन् त्यस्ता व्यक्तिहरूसँग मित्रता संगत कहिले गर्नुहुँदैन ।
 
शासकका पत्नीहरूलाई हातमा लिएर आफ्नो काम गराउन सजिलो हुन्छ । कुनै पनि मानिस आफ्नी पत्नीको आग्रह नकार्न सक्दैन । कसैले राजा वा शासककी पत्नीको मन  जितेर काम फत्ते पार्न यस्तो कार्य गर्दछन् । यसले गर्दा कुनै समयमा शासक वा राजालाइ अफ्ठेरो पर्न सक्छ । तसर्थ कुनै पनि राजाले आफ्नी रानी वा आफ्नो खोजीमा सहज प्रवेश गर्ने कसैलाई राम्रो मान्दैनन् । राजा वा शासकको जोसँग मतभेद भएको छ त्यसैसित सम्बन्ध संगत गर्नुपनि राम्रो होइन । काम गर्ने कर्मचारीले यस्तो कुरा ख्याल गर्नुपर्दछ । 
 
आफ्ना निम्ति तोकिएको आसन रहे तापनि बस्नका निम्ति राजाको आदेश कुर्नुपर्दछ । दरवारिया मर्यादालाई ख्याल गरी आफूलाई जन्मान्ध जस्तै ठान्नुपर्दछ । आफूभन्दा ठूलो मान्छेको समीपमा गएर उसको सम्मान गर्दा अभिवादन प्रमुख हो । त्यसपछि उक्त शासक वा राजाको अनुमतिले आसनमा बस्नुपर्छ । स्थानविशेष तरिकाले मालिकको सेवा गर्नु राम्रो पक्ष हो । 
घमण्ड मानिसको अधोगति र दुःखको कारण हो । तसर्थ राजा वा शासकसँग कहिल्यै घमण्ड गर्नुहुँदैन । उनीहरूसँग घमण्ड गर्दा ज्यानको पनि खतरा हुने भएकोले कर्मचारी सावधान रहनु उचित हुन्छ ।
राजाको सामुन्नेमा कुराकानी चल्दा उसलाई अपमान हुने र अप्रिय लाग्ने कुरा गर्नुहुँदैन । म आफू शूरवीर छु अथवा बुद्धिमानी छु भन्ने घमण्ड गर्नुहुँदैन । जुन मनुष्यले सधैँ भरि राजालाई मन परेको काम कुरा मात्र गर्ने गर्दछ उसले नै राजाको प्रिय पात्र बन्न पाउँछ ।
 
घमण्ड मानिसको अधोगति र दुःखको कारण हो । तसर्थ राजा वा शासकसँग कहिल्यै घमण्ड गर्नुहुँदैन । उनीहरूसँग घमण्ड गर्दा ज्यानको पनि खतरा हुने भएकोले कर्मचारी सावधान रहनु उचित हुन्छ । शूरवीर, सत्यवादी, नरम स्वभाव, उत्साही, बुद्धिमान् आफ्नो इन्द्रियलाई नियन्त्रण गर्न सक्ने  सामथ्र्यवान् मान्छे बल्ल राजदरवारमा रहन सक्छन् । 
 
राजदरवार वा शासकको कार्यालयमा काम गर्ने कर्मचारी एकदम संवेदनशील हुन्छन् । उनीहरूको मनोभावनालाई बुझ्न र जान्न जरुरी हुन्छ । दरवारमा काम गर्ने आँटी, उत्साही, बुद्धिमान् र बलवान् हुनु आवश्यक छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ