arrow

कांग्रेस युवा नेता जिसीले दिए बागी उम्मेद्वारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
11.jpg

पोखरा । नेपाली कांग्रेसका युवा नेता खीमबहादुर जिसीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । 

मादी गाउँपालिका वडा नं. ६ निवासी जिसीले कास्की प्रतिनिधिसभा क्षेत्र नं. १ मा उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रतावकमा चन्द्र राना र समर्थकमा सोम रानाभाट रहेका छन् । 

कास्की १ मा सत्ता गठवन्धनकोतर्फबाट नेपाली कांग्रेस कास्कीका सभापतिसमेत रहेको किशोरदत्त बरालको उम्मेद्वारी दर्ता भएको छ । 

टिकट वितरणमा भाइवादी भएको, कार्यकर्तालेसमेत राम्रो नचिन्ने, कार्यकर्ताको काम गर्न नसक्ने र पार्टीलाईसमेत गति दिन नसक्ने व्यक्तिलाई टिकट दिएको लगायतका आरोप लगाउँदै जिसीले उम्मेद्वारी दिएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ