arrow

२६ गते पेशी, अदालतले जे निर्णय गर्छ त्यो हामीलाई मान्य छ : चतुरबहादुर

आइसीसी टोलीले अघिल्लो दिन सम्म कार्यदल बनाउने कुरा गरिरहेको थियो, दोस्रो दिन सल्लाहकार समितिको कुरा आयो

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
chaturbahadur-news.jpeg
काठमाडौं । सरकारले नेपाली क्रिकेटको विवाद समाधान हुन लागेको जिकिर गरेपनि आइसीसीको दोहोरो भूमिकाले शंका उब्जाएको छ । 
 
दुई दिन अघि मात्रै आइसीसीका प्रमुख कार्यकारी सहितको टोली नेपाली क्रिकेटको विवाद समाधानका लागि १५ दिन भित्र सल्लाहकार समिति बनाउने बचन दियो । यद्यपि, त्यो सल्लाहकार समितिमा को–को सदस्य रहने भन्ने समय स्पष्ट पारेन । 
 
निलम्बित क्यानको निर्वाचित कमिटीका अध्यक्ष चतुरबहादुर चन्दले भने फेरिपनि व्यक्ति हावी हुने चलखेल भएको बताए । उनले अबको सल्लाहकार समितिमा पनि सरकारी पक्षकै हाली मुहाली हुने तर्क गरे । 
 
चन्दले भनेका छन्, ‘यसअघि हामीसंगको छलफलमा कार्यदल बनाउने भनेको थियो । नेपाल आउनु एक दिन अघि मात्रै सेप्टेम्बर ३ मा आइसीसीका कार्यकारीसंग आफ्नो कुरा हुँदा पनि कार्यदल बनाउने भन्ने कुरा भएको चन्दले बताए । उनले भने, ‘अघिल्लो दिन सम्म डेभिड रिचर्डशनले कार्यदल बनाउने भन्ने कुरा गरिरहनु भएको थयो । एकै रातमा फेरि सल्लाहकार समिति बनाउने कुरा आयो ।’ यसमा व्यक्तिवादीहरुले आइसीसी टोलीलाई प्रयोग गरेको उनको आरोप छ । उनले यो व्यक्तिवाद रहेसम्म नेपाली क्रिकेटको विकासले गति नलिने बताए । 
 
उनले थपे, ‘सल्लाहकार समितिले त सल्लाह मात्रै दिने हो । तर, यो स्पष्ट भएको छैन । सल्लाह कस्लाई दिने आइसीसी, खेलकुद परिषद्, क्यान, अध्यक्ष वा राखेप सदस्य सचिव ? यहाँ त सोही सल्लाहकार समितिले खेल गतिविधि गर्न पाउने कुरा पनि फुक्दै हिँडिएको छ ।’
 
आइसीसीको टोलीसंगको भेटपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले सल्लाहकार समितिले नै क्रिकेट बोर्ड बन्दा सम्म खेल गतिविधि गर्न पाउने बताएका थिए । चन्द पक्षले स्टेक होल्डर जिल्ला र क्षेत्र तथा केन्द्रको संस्थागत संरचनाहरुलाई बनाइनु पर्ने र व्यक्तिलाई स्टेक होल्डर मान्न नहुने मत राख्दै आएको छ । 
 
सर्वोच्चमा परेको रिटको पेशी २६ भदौमा 
राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको तदर्थ समितिविरुद्ध परेको रिटको पेशी २६ गतेका लागि तोकिएको छ । २६ गते फैसला हुने पक्का रहेको चन्दले हाम्राकुरालाई बताए । उनले भने, ‘फैसला हुने पक्का छ । राष्ट्रिय मुद्दा हो प्राथमिकता दिनु पर्छ । सबै नेपालीको चासोको विषयमा हो ।’ पहिले त न्यायाधीशहरु हुनु हुन्थेन सर्दै आएको थियो । अब न्यायाधीशहरु पर्याप्त हुनुहुन्छ । 
 
चन्दले फैसला जे हुन्छ त्यो आफुहरुलाई मान्य हुने बताए । उनले थपे, ‘हामी विश्वस्थ पनि छौं । जे निर्णय भए पनि मान्न तयार छौं ।’ अनि सल्लाहकार समिति चैं नमान्ने ? जवाफमा उनले भने, ‘सल्लाहकार समिति मान्दैनौं भन्ने होइन । त्यसमा आउने स्टेक होल्डर र त्यसलाई हेर्ने आइसीसीका प्रतिनिधिको सोचले नेपाली क्रिकेटको विकास हुँदैन भन्ने विमत्ति हो ।' 
 
आइसीसी टोलीले नपालको धरातल बल्ल बुझेको छ । प्रमुख कार्यकारी समेत पछुताएका छन् । सोच विचार गरेर आइसीसीले काम गर्ला भन्ने हाम्रो बुझाई छ ।
 
हामीले पूर्ण ब्रिफ गरिसकेका छौं, हामीलाई अवैधानिक पनि भनेको छैन, दोहोरो खेल भइरहेको छ 
चन्द समूहकै महासचिव अशोकनाथ प्याकुर्‍यालले भनेका छन्, ‘हामीलाई अवैधानिक पनि भनिएको छैन । जे माग्यो त्यसको पूर्ण जवाफ पठाई सकेका छौं । निवार्चन गलत भनेको छैन । एजिएम पनि गलत छ भनेको छैन । अर्कोतिर काम गर्न पनि दिएन ।’ उता, राखेप सदस्य सचिवले चन्द समूहको निर्वाचन अवैधानिक भन्दै आएका छन् ।
 
उनले आफुहरुले तदर्थ समिति आइसीसीकै समन्वयमा गठन गरेको बताएका छन् । जसले अझै नेपाली क्रिकेटमा यही हुन्छ भन्न सकिने अवस्था अझै बनिसकेको छैन । २६ गते अदालतले फैसला गरे प्रारम्भिक केही संकेत मिल्ने विश्वास गरिएको छ । 



नयाँ