arrow

विनोद यादवको विभत्स हत्या गर्नेहरु सार्वजनिक, अपराध स्वीकारे

एक अझै फरार

logo
कुुमोेद अधिकारी,
प्रकाशित २०७३ भदौ २२ बुधबार
yadab-hatya-news.jpeg
विराटनगर । विराटनगर–१३ स्थित शान्ति चोकमा विनोद यादवको  विभत्स हत्या गर्ने तीन जनालाई  प्रहरीले  पक्राउ गरी  सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरंङले विराटनगरमा पत्रकार सम्मेलनगरी उनीहरुलाई सार्वजनिक गरेको हो । 
 
पक्राउपर्नेमा सिराहा पिपरा–७ का राकेशकुुमार यादव, सिराहा सोठीआइनका कृष्णकुुमार यादव र सप्तरी महुुवा–९ का जितेन्द्रकुुमार साह छन् । तीनै जना विद्यार्थी रहेको र उनीहरु विराटनगरमा डेरा गरेर बस्दै आएका थिए । घटनमा संलग्न एकजना फरार रहेको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए ।  
 
तीनैले यादवको हत्या गरेको स्वीकारेको प्रहरी उपरीक्षक भण्डारीको भनाई छ । सुुनसरी औरावनी घर भएका २२ वर्षीय यादव विराटनगरमा होस्टेल संचालन गर्दै आएका थिए । घटनामा संलग्न तीनैजनालाइ बिहान प्रहरीले विराटनगरको दरैया नाकाबाट पक्राउ गरेको हो ।
 
उनीहरुको साथबाट एक थान पेस्तोल, हत्यामा प्रयोग भएको कटि एक थान र आठ थान मोवाइल सेट वरामद गरेको छ । प्रहरीले, यादवको शव क्षत विक्षत अवस्थामा मंगलबार बिहान फेला पारेको थियो । 
 
यादवलाई  उनीहरुले यादवले डेरा बस्दै आएको कोठामा  बोलाएर हत्या गरेको प्रहरीको भनाई छ । घटनाको कारण भने खुुल्न नसकेको प्रहरी उपरीक्षक भण्डारीले बताए । भण्डारीले घटनाका दोषीलाई फरार हुुन सहयोग गर्नेेहरुको समेत पहिचान भइसकेकाले उनीहरुलाई समेत प्रकाउ गर्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ