arrow

सशस्त्र र अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
afp-hospital-agreenment-madhes.jpg

काठमाडौं ।  गण्डक अस्पताल प्रालि तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पताल वीरगञ्ज र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबीच सो अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा निश्चत प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ । 

सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारीहरु, मधेस प्रदेशभित्र  स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा निश्चित छुट सुविधा उपलब्ध गराउने उद्धेश्यले सो सम्झौता भएको हो ।

असोज २४ गते गण्डक अस्पताल प्रालि र असोज १३  गते स्पर्श मल्टिस्पेसियालिटी अस्पताल वीरगञ्जसँग समझदारी पत्रमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण बारामा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुका बीच द्विपक्षीय हस्ताक्षर भएको हो ।

सो सम्झौता समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाटै लागू हुने र यसको अवधि ५ वर्ष सम्मको हुनेछ । यसको साथै आपसी सहमतिमा समझदारी पुनः निरन्तरता प्रदान गर्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ