arrow

नेपाल महिला संघ पर्वतमा प्रसार्इं

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
parbat.jpeg
फलेवास । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा पर्वत जिल्ला कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । 
 
अधिवेशनले जोगमाया प्रसाईंको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले जिल्ला सचिवमा राधाकुमारी शर्मा र कोषाध्यक्षमा विष्णुदेवी गौडेललाई चयन गरेको छ । 
 
अन्य सदस्यहरुमा पर्वत क्षेत्र नम्बर १ बाट लीलादेवी सुवेदी, उमादेवी पौडेल, उमा कोइराला, सरस्वती शर्मा, लीलाकुमारी दर्जी, सीमा गर्वुजा पुन र लक्ष्मी अधिकारी रहेकी छिन् ।  
 
यसैगरी, क्षेत्र नं २ बाट मीना बस्याल, विष्णु खड्का, सीता न्यौपाने, मनरुपा पँगेनी, चन्द्रा नेपाली, शर्मिला गुरुङ र रेखा गिरी रहेकी छिन् । 
 
सङ्घको विधानबमोजिम उपाध्यक्ष एक, सचिव एक, सहसचिव एकसहित दुवै क्षेत्रबाट गरी पाँचजना सदस्य अध्यक्षबाट पछि मनोनीत गर्ने व्यवस्था रहेको छ । 
 
जिल्ला अधिवेशन संगै दुवै निर्वाचन क्षेत्रका क्षेत्रीय अधिवेशन पनि सम्पन्न भएका छन् । पर्वत क्षेत्र नं १ मा क्षेत्रीय अध्यक्ष लक्ष्मीकुमारी हमाल र क्षेत्र नं २ बाट क्षेत्रीय अध्यक्षमा यामकुमारी शर्मा निर्विरोध चयन भएकी छिन् ।  
 
त्यसैगरी, दुवै क्षेत्रबाट आठ–आठजना महाधिवेशन प्रतिनिधिसमेत चयन भएका छन् । पर्वत क्षेत्र नं १ बाट जोगमायाँ प्रसार्इं, लालकुमारी सिके, सीता आचार्य, कलावती शर्मा, वाटुली पौडेल, मनमायाँ नेपाली, मीना कर्माचार्य र लक्ष्मी गुरुङ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  
 
यस्तै, क्षेत्र नं २ बाट रेखा गुरुङ, ज्ञानु शर्मा, मेघमायाँ गुरुङ, मायाँ पाठक, राधाकुमारी कुँवर क्षेत्री, विन्दुकुमारी रम्तेल, पार्वती श्रेष्ठ र सहारा वेगम खातुन चयन भएका छन् । 
 
महिला संघको महाधिवेशन काठमाडौंमा यही भदौ २९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । यसको तयारीसमेत पूरा भएको जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ