काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राष्ट्रको नाममा संवोधन गर्दैछन् । दोस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले सो क्रममा पहिलो पटक राष्ट्रका नाममा संवोधन गर्न लागेका हुन् ।
गत साउन १९ गते प्रधानमन्त्री बनेपछि प्रचण्डले अहिलेसम्म राष्ट्रको नाममा संवोधन गरेका थिएनन् । उनले संसद बैठकमार्फत राष्ट्रका नाममा संवोधन गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रचण्डले संवोधनका क्रममा अहिलेसम्म सरकारले गरेका कामहरु, अबको प्राथमिकता र छिमेकी मुलुक भारत भ्रमणबारेमा संवोधन गर्नेछन् ।
संविधान संशोधन, भूकम्प पीडित पुनस्र्थापनाबारेसमेत संवोधन हुने जनाइएको छ ।