arrow

मातातीर्थ चियानडाँडामा गोली चल्यो, सेफ छाडेर भागे तीन जना

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
bullet.jpeg
काठमाडौं । बिहीबार बिहान काठमाडौंको मातातीर्थस्थित चियानडाँडामा गोली हानाहान भएको छ । 
 
मातातीर्थको चियानडाँडा हुँदै मकवानपुर जाने कच्ची सडकमा टाटासुमो गुडेको देखेपछि प्रहरीले शंका लागि पछ्याउँदा यो घटना भएको मातातीर्थ प्रहरीले जनाएको छ । 
 
एक प्रहरीले भने, ‘हामीले शंका लागेर त्यो गाडीलाई पछ्यायौं अनि उनीहरुले गोली चलाए । हामीले पनि जवाफी फायरिङ गर्न थाल्यौं । त्यसपछि उनीहरु भागे ।’ 
 
घटनामा कोही पनि घाइते भएको छैन । बा १ ज ३९४८ नम्बरको सुमो गाडी र त्यसमा रहेको एउटा सेफ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सुमोमा चालक र अरु दुई जना थिए । 
 
प्रहरीले जवाफी फायरिङ गरेपछि उनीहरु जंगलतिर भागेका थिए । उनीहरुलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । प्रहरीले सेफमा के छ भनेरसमेत खोलेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ