arrow

सातौं राष्ट्रिय खेलकुद समयमै हुने

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
sataurastriya-new.jpeg
काठमाडौं । सरकारले लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकूद प्रतियोगिताको सातौं संस्करण तोकिएको समयमै आयोजना गर्ने दृढता राखेको छ ।
 
व्यवस्थापिका संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले सातौं राष्ट्रिय खेलकूद समयमै गर्ने बताएका हुन् । यस्तै, उनले ‘१० युवा एक उद्यम’ अभियानलाई देशव्यापी रुपमा सञ्चालन गरिने समेत उल्लेख गरेका छन् । 
 
गुरिल्ला रेलमार्ग बनाई त्यहाँ खेलाईने खेलले मनोरन्जन दिई पर्यटन प्रवद्र्धन गर्ने बताए । पूर्वाञ्चलमा मङ्सिर– ८ गतेदेखि १५ गतेसम्म चल्ले प्रतियोगितामा अनुमानित ३७ करोड ६८ लाख खर्च हुने सरकारी अनुमान छ । 
 
प्रतियोगिताको पूर्वाधार तयारी लगायतका कार्यका लागि सरकारले  २३ करोड निकासा गरिसकेको र बाँकी रकमका लागि माग गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 



नयाँ