arrow

प्रधानमन्त्रीको वक्तव्य प्रचारमुखी, संविधान संशोधन कसका लागि ? : एमाले

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिनुभएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको सङ्ज्ञा दिएको छ । 
 
साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले पहिलोपटक आज व्यवस्थापिका–संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित वक्तव्य राखेका थिए । 
 
बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गरे ।  
 
 “प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन । कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ ?” उनले प्रश्न गरे । उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्लामात्र हो-भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ