arrow

३ कक्षा पढेकी कुमारीलाई भारतमा बेचेको अभियोगमा तामाङ पक्राउ

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
arest-new-a.jpeg
चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । 
 
मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८÷१९ वर्षीया दुई युवती लिएर भारतको मजुनीमा राम्रो काम लगाइदिन्छु भन्दै फकाएर लैजाने क्रममा तामाङलाई नियन्त्रणमा लिइएको हो । 
 
यसभन्दा अघि तामाङमार्फत भारतको मजुनीमा बेचिएकी (नाम परिवर्तित) हरि कुमारीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 
बाबा आमा नभएकी ३ कक्षासम्म अध्ययन गरेकी कुमारी पहिलो पटक बेचिएको थाहा पाए पछि बिरामीको बहनामा अस्पताल पुगेर नेपालीको सहयोगमा स्वदेश फिर्ता भएकी थिइन । 
 
अभियुक्त तामाङले दिदी मायाँको साहारामा नेपालबाट नेपाली युवतीलाई भारत पुर्‍याउने गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी प्रवक्ता दीपककुमार श्रेष्ठले बताए । 
 
उनले बढी मात्रामा अभिभावक नभएका युवतीलाई भारतको कोठीमा पुर्‍याउने गरेको श्रेष्ठले जानकारी गराए  । आवमा मनव बेचबिखनको यो पहिलो मुद्दा भएको तर आव २०७२÷०७३ मा भने छ वटा मानव बेचबिखनका मुद्दामा १८ जनालाई मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ । पछिल्लो समयमा चितवनको बाटो हुँदै मानव बेचबिखनका लागि युवती लगिने क्रम बढ्दो रहेको प्रवक्ता श्रेष्ठले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ