arrow

औषधिजन्य जडीबुटी घाँस–दाउरामा प्रयोग हुन नदिऔं : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
PM-baluwatar-baithak-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म रहेका औषधिजन्य जडीबुटीहरुलाई घाँस–दाउराको रुपमा प्रयोग हुने परिस्थिति अन्त्य गर्नुुपर्ने बताएका छन् । 
 
बिहीबार दिउँसो नेपाल संस्कृत विश्वविद्यालयको ६९ औं बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रो मुलुकको पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्म थुप्रै औषधिजन्य जडीबुटीहरु घाँस–दाउराका रुपमा प्रयोग भइरहेका छन् ।
 
ती औषधिमूलक जडीबुटीहरुको सङ्कलन, संरक्षण, निर्माण, प्रशोधन र बजारको व्यवस्था मिलाउन सकियो भने देशलाई यस क्षेत्रमा आत्मनिर्भर हुन निकै ठूलो मद्दत पुग्छ भन्ने मलाई लाग्दछ ।’
 
सभामा प्रधानमन्त्रीले लोकतन्त्रलाई बलियो बनाउन शिक्षा क्षेत्रलाई अझ व्यापक, व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउनुपर्ने बताए । ऋषि मुनीहरुको साधना, प्रयोग र अनुभवबाट आर्जेको ऐतिहासिक ज्ञान र कृतिलाई शिक्षण, प्रशिक्षण, अनुसन्धान र प्रयोगमा लगाउन उहाँले जोड दिए । 
 
सो अवसरमा विश्वविद्यालयका पदाधिकारीहरुले संस्कृत विश्वविद्यालयको प्राज्ञिक विकासको आवश्यकता, संस्कृत विश्वविद्यालयको आधुनिकीकरणमा जोड दिँदै विश्वविद्यालयका समस्याबारे सभालाई अवगत गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ