arrow

तराईकै पहिलो कान अस्पताल वीरगन्जमा निर्माण हुँदै

अस्पतालाई रुङगटा वेलफेयर सोसाइटीले दियो दुई करोडको जग्गा

logo
बिजय चौहान,
प्रकाशित २०७३ भदौ २३ बिहिबार
kaan-hospital.jpeg
वीरगन्ज। बार्‍ह करोडको लागतमा तराईकै पहिलो कान उपचार केन्द्र वीरगन्जमा निर्माण भई रहेको छ । वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १७ बहुवरीमा अत्याधुनिक पाँच तले कान उपचार केन्द्रको भवन निर्माण कार्य सुरुभएको हो । कम्पेक्ट नेपाल नामक गैर सरकारी संस्थाले  १२ करोडको लागतमा कान उपचार केन्द्रको निर्माण  गर्न लागेको हो ।
 
उपचार केन्द्र निर्माणका लागि रुङगटा वेलफेयर सोसाइटी वीरगन्जले दुई करोड मुल्य पर्ने जग्गा केन्द्रलाई दान दिएको छ ।  इम्पेक्ट नेपालले निर्माण गर्न लागेको कान उपचार केन्द्रका लागि रुङगटा वेलफेयर सोसाइटीले वीरगन्जको बहुवरीमा रहेको करिब दुई कारोड मुल्यको साढे चार कठ्ठा  जग्गा  दान दिएको हो ।
इम्पेक्ट नेपालले निर्माण गर्न लागेको उपचार केन्द्रको भवनको बिहिबार  रुङगटा वेलफेयर सोसाइटीका अध्यक्ष मुर्लीधर रुङगटाले शिलान्यास गरे । 
 
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रुङगटाले समाज सेवामा योग्दान गर्ने अवसर पाउदा आत्म सन्तुष्टि मिल्ने गरेको बताउदै उनले सोसाइटीले विगत दुइ दशक देखि सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएको र आउने दिनमा समेत सामाजिक सेवामा लागि रहने प्रतिबद्धता जनाए ।
 
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् सांसद अनिल रुङटाले रुङगटा वेलफेयर सोसाइटीले समाज सेवाको क्षेत्रमा देखाएको योग्दान प्रशंसनिय रहेको बताए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरले रुंङगटा वेल फेयर सोसाइटी मुलुकमै समाजसेवी संस्थाको रुपमा स्थापित भइसकेको भन्दै यस्तो पुनित कार्यको अरु व्यपारिक घराना र संस्थाले पनि अनुसरण गर्नु पर्ने धारणा व्यक्त गरे ।
 
कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडिया, पुर्व सभासद ओम प्रकास शर्मा, संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव लगायतका वक्ताले  रुङगटा वेलफेयर सोसाइटीले गर्दै आएको समाजिक कार्यको सराहना गर्दै अन्य व्यपारीक घरानाले समेत सोसाइटी ले गर्दै आएको पुनित कार्यमा योगदा दिनु पर्ने विचार व्यक्त गरेका थिए ।
 
कार्यक्रममा रुङगटा वेल फेयर सोसाइटीले वीरगन्जको माइस्थान विद्यापिठ मावि , सिद्धार्थ मावि , त्रिभुवन माविलाइ कम्प्युटर , पशुपति शिक्षा मन्दिरलाइ खेलकुद सामाग्री , परवानीपुरको भोजभगत उच्च माविलाइ पानी तान्ने विद्युतीय मोटर  र बाराको चैनपुरमा रहेको लक्ष्मी नारायण मन्दिरलाइ २१ हजार रुपैया नगद हस्तान्तरण गरेको थियो । यस्तै कार्यक्रममा  उद्योगपति एंव समाजसेवी महावीर पट्वारी , बनवारीलाल खेतान र पत्रकार इश्वरचन्द्र गौतमलाइ  दोशल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ