arrow

भुकम्प पीडितलाई ९० प्रतिसत छुटमा काठः बनमन्त्री सापकोटा

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
agni sapkota.jpg.jpeg
काठमाडौ । बन तथा भुसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले भुकम्प पीडितहरुलाई घर निर्माणकोलागि ९० प्रतिसत छुटमा आवश्यक काठ उलब्ध गराउने बताएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ भुकम्प पीडितलाई आवास निर्माणकोलागि काठ उपलब्ध गराउने कार्ययोजना तयार भएको छ । योजना कार्यान्वयन आएपछि ९० प्रतिसत रकम छुटमा काठ उपलब्ध गराउँछौ ।’
 
 साक्षात्कारमा मन्त्री सापकोटाले नाकाबन्दीबाट खाना पकाउने ग्यासको समस्या भएपछि तत्कालको संकट टार्न सरकारले दाउरा वितरण गरेको बताउँदै सर्वसाधारणलाई राहत दिन दाउराको मुल्य घटाउने विषयमा समेत आन्तरिक तयारी भईरहेको जानकारी दिए । उनले भने,‘ दुखको घडिमा जनताको साथमा हामी छौ भनेर दाउरा ल्याएर वितरण गरेका हौ । यो दिर्घकालिन समाधान होईन । तर पनि तत्कालको संकट टार्न हामीले दाउराको मुल्य पनि घटाउने तयारी गरेका छौ । अहिलेसम्म ६ लाख ९८ हजार किलो दाउरा काठमाडौ ल्याईसकेका छौ । त्यसमध्ये ५ लाख ८७ हजार किलो दाउरा वितरण गरिसकेका छौ । आवश्यक परे अझै ल्याउँछौ । अहिलेसम्म चार ठाँउबाट वितरण भईरहेको छ, आवश्यक परे अरु ठाँउबाट पनि वितरण हुन्छ । ’
 
नाकाबन्दी खुलाउन ट्रयाक वान, टु, औपचारिक, अनौपचारिक चौतर्फी रुपमा पहल भईरहेको र पछिल्लो समयमा सकारात्मक संकेत देखिएको भन्दै केही दिनमै नाकाबन्दी हट्ने बताए । उनले सरकारले संविधान संसोधन विद्येयक अगाडि बढाउने, सीमांकनको विषय समिति बनाएर टुङग्याउने, आन्दोलनमा मृत्यू भएकालाई क्षतिपूर्ति दिने, घाईतेको निशुल्क उपचार र झुठा मुद्दा फिर्ता लिने काम सरकारले अगाडि बढाएर आफ्नो तर्फबाट बातावरण बनाएको भन्दै अब आन्दोलनकारीले पनि बार्ताको टेबलबाट समाधान नखोजे आन्दोलन उनीहरुको हातबाट फुत्किने ठोकुवा गरे । 
 
मन्त्री सापकोटाले भने,‘ यूद्ध र संघर्ष हुन्छ तर समाधान टेबलमै हुने हो । हामीले पनि यूद्ध लडेकै हो तर टेबलबाटै यहाँसम्म आईपुग्यो । सरकार लचक छ, आन्दोलनकारी पनि लचक भएर टेबलमा आउनु पर्छ नभए आन्दोलनकारीको हातबाट आन्दोलन फुत्किन्छ । राष्ट्र रहे संघीयता हुन्छ, अधिकार पनि पाईन्छ । त्यसैले राष्ट्रको रक्षाकोलागि सबै जिम्मेवार हुनु पर्छ।’ उनले सीमांकनको विषय जटिल भएकोले अहिले दलहरुले सहमति गरे पनि जनताले मान्ने अवस्था नरहेको भन्दै ३ महिना विज्ञहरुलाई समय दिएर गर्न सकिने समेत स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ