काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके नेपाल फर्किने सम्भावना लगभग सकिएको छ । उनले अब अमेरिकाको राष्ट्रिय क्रिकेट टोली सम्हाल्न थालेका छन् ।
उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अमेरिकाको क्रिकेट टिमका प्रशिक्षकमा नियुक्त भएको जनाएको हो ।
नेपाली क्रिकेटलाई सबैभन्दा उचाइमा पु¥याउन यिनै श्रीलंका तथा क्यानडाका पूर्व विकेटकिपर–ब्याट्सम्यान दासानायकेको ठूलो योगदान छ । सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भएका थिए ।
दासानायके नेपालकै प्रशिक्षक रहँदा नेपाल विश्व क्रिकेट लिग डिभिजन ४ बाट विश्वकपसम्म पुगेको थियो ।
पुबुदुले डिभिजन ४ को तयारीमा रहेको अमेरिकालाई आफूले सक्दो सहयोग गर्ने बताएका छन् । तयारीको पहिलो चरणमा यही सेप्टेम्बर १७ देखि २१ तारिखसम्म पुबुदुले इन्डियाना पोलिसमा पाँच दिने क्याम्प पनि राखेका छन् ।
नेपाली क्रिकेटको आन्तरिक किचलोका कारण पुबुदुले नेपाल छाड्नु परेको थियो । तैपनि उनले नेपाली टिमलाई प्रत्यक्ष परोक्ष सघाउँदै आएका थिए ।
उनकै पहलले नेपाली खेलाडीहरुले बेलायत, क्यानडा लगायतमा खेलसमेत खेल्न पाएका थिए ।
नेपाली खेलाडीलाई व्यवसायीक बनाउन पुबुदुको सबैभन्दा ठूलो हात छ ।