मोरङ २ का लोसपाका उम्मेदवार सिंह कांग्रेसमा प्रवेश, अमरेन्द्रसहित साढे तीन सय बढीलाई सुजाताले भित्राइन् कांग्रेसमा
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
3.4k
Shares
मोरङ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका तर्फबाट मोरङ क्षेत्र नं २ का उम्मेदवार नारायणप्रसाद सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसकी नेतृ तथा सोही क्षेत्रकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै सिंह कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीसँगै लोसपाका प्रखर वक्ता तथा केन्द्रीय सदस्य अमरेन्द्रकुमार साहको अगुवाईमा ३५० भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । योसँगै नेतृ कोइरालाले कांग्रेसमा प्रवेश गरेका सबैलाई पार्टीमा स्वागत गर्दै हामी एकजुट भएर मोरङ क्षेत्र नं २ को मुहार फेर्न र विकासको मूल फुटाउन लागि पर्ने बताएकी छिन् ।
उनले यो समर्थन, साथ र मायाको लागि हृदयदेखि नै नमन गरेकी छिन् ।