arrow

उद्योग वाणिज्य संघ दमकमा निर्वाचन हुँदै, अध्यक्षमा श्रेष्ठको सम्भावना बलियो

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
Damak-CCi.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ दमकमा नयाँ कार्यसमितिको लागि निर्वाचन सुरू भएको छ । विहान ८ बजेदेखि सुरूभएको निर्वाचन दिउँसो ३ वजेसम्म चल्ने प्रमुख निर्वाचभन अधिकृत लीला खनालले जानकारी दिए । 
 
गत भदौ ६ गते बसेको संघको २५ औं साधारण सभा तथा २६ औं स्थापना दिवसले शुक्रबारको लागि निर्वाचनको मिति तय गरेको थियो । 
 
गत आईतबार ११ बजेदेखि उद्योग वाणिज्य संघ दमकको कार्यालयमा मनोनयन दर्ता भएको थियो भने त्हाँबाट यस कार्यसमितिको अध्यक्ष बन्नको लागि ३ जनाले आकांक्षा देखाएका थिए । जसमा उपाध्यक्ष गोकुल श्रेष्ठ, राजेन्द्र ढकाल र गणेश बहादुर बस्नेतले आकांक्षा देखाएका छन् । तर, अहिलेका अध्यक्ष प्रसाईको बलियो समर्थन श्रेष्ठलाई रहेकोले पनि श्रेष्ठको सम्भावना बढी रहेको बताईएको छ । यद्यपि तीनै जनाले भिन्दाभिन्दै उम्मेदवारी दिएका छन् । 
 
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रामचन्द्र बराल बिमल खतिवडा र प्रवीण चाम्लिङ रहेका छन् । प्रथम उपाध्यक्षमा गोपाल गुरागाई, र एमजी श्रेष्ठले उम्मेदवारी दिएको प्रथम उपाध्यक्षका उम्मेदवार गुरागाईले जानकारी दिए । 
 
अहिले विभिन्न पदमा कूल २१ जनाको लागि ५५ जनाले उम्मेदवारीको लागि आकांक्षा देखाएका छन् भने कूल मतदाता २४ सय ४८ जना रहेको पनि निर्वाचन समितिले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ