स्याङ्जा। नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती नेपाली काँग्रेस स्याङ्जाले मनाएको छ। तिन क्षेत्रमा रहेका विपिका शालिकहरुमा काँग्रेसका नेता तथा कार्यकर्ताहरुले संस्थापक नेतालाई सम्झिएका थिए। विपिको जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस स्याङ्जाका कार्यकर्ताहरुले पछिल्लो समय देखिएको गुट—उपगुटले काँग्रेस समाप्त हुने होकी भन्ने चिन्ता व्यक्त गरेका छन्। मुलुकमा देखिएको संक्रमणकालिन अवस्थाले समस्या परिरहेका बेला काँग्रेसमा देखिएको गुटबन्दी राजनीतिले काग्रेसलाई कमजोर बनाउने तर्फ धकलिएको प्रति स्याङ्जाका कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ को आयोजनामा सम्पन्न भएको विपि जयन्ती कार्यक्रममा बोल्ने बक्ताहरुले काँग्रेसमा एकताको खाँचो रहेको औल्याएका थिए । विपिले देखाएको बाटो काँग्रेस नेतृत्वले छाड्दै जान थालेको प्रति ध्यानाकर्षण गर्दै कार्यकर्ताहरुले विपिलाई सम्झनु भन्दा पनि विपिले देखाएको बाटो अवलम्वन गर्नु आवश्यकता रहेको बताए । मुलुकको संकटलाई समाल्ने एक मात्र पाटी भनेको काँग्रेस हो भन्दै काँग्रेसलाई बलियो बनाउन गुट—उपगुटको राजनीति त्याग्नु पर्ने कार्यकर्ताहरुको भनाई थियो । काँग्रेस भित्र देखिएको आन्तरीक द्धन्दले काँग्रेसलाई नै समाप्त पार्न सक्छ काँग्रेस महासमिति सदस्य छायाराम खनालले भने,“पाटी भित्र आन्तरीक लडाई भएपनि नमिलेका विषयलाई छलफलबाट मिलाउनु पर्छ ।” विपिले देखाएको मार्गदर्शन लाई पाटीले आत्मासाथ गरेर अगाडी बढ्न सकेमा सबै विषय हल हुने खनालको भनाई छ ।
काँग्रेसको पछिल्लो घट्ना क्रममले ग्रामिण क्षेत्रमा रहेका काँग्रेस कार्यकर्ताहरुमा नैरश्यता छाएको काँग्रेस स्याङ्जाका पुर्व कार्यबहाक सभापति मुक्ति सुवेदीले बताए । नेतृत्वले बेलैमा यस्ता समस्याहरुलाई छलफलको माध्यमबाट नमिलाएमा काँग्रेसले ठुलो क्षती व्यहोनुपर्ने अवस्था देखिन थालेको सुवेदीको भनाई छ । गुटको राजनीतिले कति समयसम्म काँग्रेस चल्ने हो पुर्व उपसभापति सुवेदीले भने,“हाम्रा मान्छे भन्दा पनि राम्रा मान्छेको खाँचो काँग्रेस भित्र छ ।” काँग्रेसमा लागेर ठुलो लगानी गरेका व्याक्तिहरुको खोजी नहुनु काँग्रेसका लागि ठुलो कमजोरी भएको सुवेदीको भनाई थियो। काँग्रेसका कार्यक्रममा देखिएको हाम्रा मान्छे भन्ने प्रवृतिले स्याङ्जामा गाजेको उदाहरण छन्।
यस तर्फ सजग रहन स्याङ्जा काँग्रेस नेतृत्वको महत्वपूर्ण भुमिका हुने देखिन्छ । जसका कारण सच्चा काँग्रेसले चाहेको र खोजेको पुग्ने अवस्था आउने छ । सबैलाई मिलाएर काँग्रेसलाई बलियो बनाउने दायीत्व काँग्रेस नेतृत्वको रहेको स्याङ्जा क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्यालको भनाई छ। आन्तरीक मनमुटावलाई त्यागेर काँग्रेसलाई बलियो बनाउने अभियानमा सबै लाग्न अर्यालले आग्रह गरे। स्याङ्जाको पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका र चापकोट नगरपालिकामा रहेका विपिका शालिकहरुमा काँग्रेसले १०२ औं विपि जयन्ती मनाएका छन्।