arrow

गुणस्तरीय र प्राविधिक शिक्षाको खाँचो रहेको छ : शिक्षामन्त्री

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
Chitwan_090916_DR-Poudel.jpeg
रत्ननगर (चितवन)। शिक्षामन्त्री धनिराम पौडेलले देशलाई समृद्ध पार्न राजनीतिले मात्रै नपुग्ने भन्दै गुणस्तरीय र प्राविधिक शिक्षाको खाँचो रहेको बताएका छन् । 
 
जिल्ला शिक्षा समिति चितवनको आयोजनामा जिल्लामा भएको ३७ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोहको शुक्रबार उद्घाटन गर्दै पौडेलले सो कुरा बताएका हुन् । 
 
मन्त्री पौडेलले रोजगारमूलक तथा श्रम, विज्ञान, प्रविधि र उत्पादनमूलक शिक्षामा मन्त्रालयले विशेष जोड दिएको उल्लेखगर्दै ‘अब हामी गुणस्तर र प्राविधिक शिक्षामा लगानी गरौँ, परम्परागत शिक्षामा लगानी गरेर बेरोजगार उत्पादन गर्नुहुँदैन,’ भने । 
 
चीनमा प्राविधिक शिक्षाको उपस्थिति ५० प्रतिशतभन्दामाथि रहेको बताउँदै उनले नेपालमा प्राविधिक शिक्षाको उपस्थिति न्यूनरहनु विडम्वना भएको बिचारव्यक्त गरे । 
 
मन्त्री पौडेलले शिक्षाका लागि दिइएको पुँजिगत खर्चमध्ये गत वर्ष ७५ प्रतिशत पनि खर्च हुन नसक्नु दुखदायी भएको बताउँदै अहिले विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई विशेष जोड दिएको उल्लेख गरे । 
 
गुणस्तरीय शिक्षाको विकासका लागि अभियानात्मक कार्यक्रम आवश्यक भएको चर्चागर्दै उनले विगतमा शिक्षकले पढाए पनि बालबालिकाले सिकेनन् भन्ने गुनासो यत्रतत्र रहेको हुँदा यसतर्फ गम्भीर हुन शिक्षकलाई आग्रह पनि गरे। 
 
सो क्रममा उत्कृष्ट अङ्क ल्याउने पुरस्कृत शिक्षक विद्यालय र विद्यार्थीको नामावली सार्वजनिक गरिएको थियो भने शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिने सङ्घ संस्थालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 
 
चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका संयोजक श्रवणकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य, शिक्षाकर्मी बेलबहादुर गुरुङ, पूर्ण दवाडी, ध्रुव पोखरेल लगायतले शिक्षा क्षेत्रको समग्र विकासका लागि सरोकारवालाले खेल्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पारे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ