arrow

हटाउने नै भएपछि प्राधिकरणका एमडी काफ्लेले दिए राजीनामा

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
mukesh-raj-kafle.jpeg
काठमाडौं । एमडीबाट हटाउनेको लागि उर्जा मन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेको भोलिपल्टै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका छन् । उनले शुक्रबार विहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी राजीनामा दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले हाम्राकुरालार्इ जानकारी दिए ।
 
मन्त्री शर्माले बिहीबार बसेको मन्त्री परिषद्को बैठकमा एमडी काफ्लेलाई हटाउने प्रस्ताव पेश गरेको एक मन्त्रीले जानकारी दिए। तर, यसमा काँग्रेसको असहमति भएपछि छलफल विना नै यो विषय टुङ्गिएको बताईएको छ। यसरी प्रस्ताव आएको भोलिपल्टै एमडी काफ्लेले राजनीनामा दिएका हुन्। 
 
मन्त्री शर्माले पटकपटक काफ्लेलाई राजिनामा दिन सुझाव दिएको भएपनि उनले अटेरी गर्दै आएपछि शर्माले मन्त्रिपरिषद्मा नै यस्तो प्रस्ताव पेश गरेको शर्मा निकट स्रोतले जानकारी दिएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ