arrow

कांग्रेसको चुनावी घोषणा पत्र भोलि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले भोलि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न शुरु गरेको सत्ता गठबन्धनको नेतृत्वदायी पार्टी कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने जनाइएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषणपत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । 

 ‘निरन्तरतमा नवीनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए । 

तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहारअघि नै सार्वजनिक गर्ने भनिए पनि चाडलाई मध्यनजर गर्दै पछाडि धकेलिएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि शनिबार घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए । 

उनले समय भने तय भइनसकेको बताए । यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बनेको थियो । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कांग्रेसले सार्वजनिक गरेपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसको घोषणापत्र हेरेर त्यसलाई काउन्टर दिने गरी थपघट गर्नका लागि एमालेले कांग्रेसले घोषणापत्र जारी गरेपछि मात्रै सार्वजनिक गर्ने रणनीति बनाएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ