arrow

किन एक ठाउँमा आए केपी ओली, कमल थापा र एकनाथ ढकाल ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
kp-oli-kamal-thapa-eknath-dhakal.jpg

काठमाडौं । चितवनको ठोरीमा राम मन्दिरको शिलान्यास गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्छ भन्ने माग राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र युनिफिकेशन चर्चसँग सम्बन्धित एकनाथ ढकाल अहिले एक ठाउँमा आएका छन् । 

फरक धारका थापा र ढकाललाई एक ठाउँमा ल्याउने काम एमाले अध्यक्ष ओलीले नै गरेका हुन् । धेरैको भनाइ छ, यसपटक धार्मिक अतिवादी र धार्मिक कट्टरवादी समूहहरू एक ठाउँमा आउनु संयोग मात्र होइन । 

किनभने हिन्दू राष्ट्रको कुरा गर्ने कमल थापा र इशाई धर्मको प्रचार गर्ने एकनाथ ढकाल एक ठाउँमा आउनु स्वभाविक घटना होइन । नेपालको ठोरीमा अध्योध्या बनाउने र तथाकथित राष्ट्रवादको नारा लगाउने केपी शर्मा ओली, थापा र ढकाल फरक फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । 

तर अहिले यी तीनै जना व्यक्ति एकै ठाउँमा आएका छन् । यो भनेको अप्राकृतिक, बिजातीय र अस्वभाविक गठबन्धन हो’ विश्लेषकहरु भन्छन् ‘बरु नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुनु प्राकृतिक कुरा हो । किनभने यी दुई पार्टी विगतमा बाह्र बुँदे सम्झौता, संविधान निर्माण र शान्ति प्रक्रिया हुँदै आएसम्म आइपुगेका छन् ।’

राप्रपा नेपालका अध्यक्ष थापाको पृष्ठभूमि सबैलाई थाहा छ । २०५४ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले थापालाई मुसाको संज्ञा दिएका थिए । नेपालको राजनीतिमा मुसा प्रवृत्ति चर्चित शब्द हो । 

एक वर्ष अगाडि सम्पन्न राप्रपाको महाधिवेशनमा थापा अध्यक्षमा पराजित भए । उनले पराजय स्वीकार गर्न सकेनन् । बरु अर्को पार्टी खोलेर अध्यक्ष भए । 

त्यसबेलादेखि राजासँगको सम्बन्ध छाडेका छन् । यिनीले २०४६ सालको आन्दोलनमा पञ्चायत जोगाउन हरसम्भव प्रयास गरे भने २०६२–६३ को आन्दोलन सफल हुन नदिन के के गरे सबै भुक्तभोगी छन् । 

अहिले यिनै कमल थापा ओलीका सारथी बनेका छन् ।  यिनले एमालेको सूर्य चिन्ह लिएर मकवानपुरमा चुनाव लडेका छन् । थापाले आफ्नै पार्टीका सहयात्री साथीहरुलाईसमेत धोका दिएका छन् । 

आफू सूर्य चिन्ह लिएर लडेका छन् तर उनका सहयात्रीहरु भने तीर चिन्ह लिएर चुनाव लडेका छन् । आफूले जसरी पनि जित्नुपर्ने तर सहयात्री नेताहरुले हारे पनि फरक नपर्ने यिनको राजनीति हो । थापा सूर्य चिन्ह लिएर चुनावमा होमिएका छन् तर उनले आफूले अझै पनि राप्रपा नेपालको अध्यक्ष भनेर चिनाउने गरेका छन् ।  

परिवार दलका अध्यक्ष एकनाथ ढकाल ‘होलीवाइन’सँग जोडिएका छन् । होलीवाइन शब्द नेपालको राजनीतिमा चर्चित शब्द हो । ढकाल युनिफिकेशन चर्चसँग सम्बन्धित छन् । 

युनिफिकेशन चर्च दक्षिण कोरियामा रहेको छ । हालसालै जापानका पूर्व प्रधानमन्त्रीको हत्या गरिएको घटनामा युनिफिकेशन चर्चको भूमिका जोडिएको अनुसन्धानमा संलग्न विज्ञहरुको भनाइ छ । 

ढकाल नेपालमा युनिफिकेशन चर्चको हर्ताकर्ता हुन् । नेपालको राजनीतिमा उनको संलग्नता अस्वभाविक देखिएको छ । यसअघि उनी दुई पटक मन्त्रीसमेत भइसकेका छन् । 

संविधान सभामा एक सिट ल्याउँदा पनि उनले महत्वपूर्ण मन्त्रालय पाएका थिए । नेपालका धार्मिक कट्टरता बढाउन युनिफिकेशन चर्चमार्फत् ढकालले भूमिका निभाउने गरेका छन् । उनले नेपालका राजनीतिज्ञहरूलाई बेला बेलामा उनले दक्षिण कोरिया लैजाने गर्छन् ।

ढकाल एमालेको समानुपातिक सूचीमा परेका छन् । ओलीले ढकाललाई यति महत्व दिएका छन् कि समानुपातिक सूचीतर्फ ढकालको नाम दोश्रो स्थानमा छ । जसरी पनि  ढकाललाई समानुपातिकमा ल्याउन ओलीले ढकाललाई दोश्रो स्थानमा राखेका हुन् ।
 
ओलीले थापा र ढकाललाई एक ठाउँमा ल्याए नै । उनले जनता समाजवादी पार्टी (जसपा)सँग पनि चुतावी तालमेल गरेका छन् ।

नागरिकता विधेयक पास हुन नदिने ओलीले नागरिकता विधेयक पास गर्न पटक पटक आन्दोलन गरेका जसपा अध्यक्ष उपेन्द्र यादवसँग घाँटी जोडेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ