arrow

शिक्षाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित: मन्त्री पौडेल

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
dhaniram-poudel.jpeg
रत्ननगर (चितवन) । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको गुणस्तर वृद्धिमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताएका छन् । 
 
दक्षिण चितवनको माडीका विभिन्न विद्यालयको भ्रमणका क्रममा मन्त्री पौडेलले शनिबार आयोजित विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिसँगको अन्तक्रिया कार्यक्रममा उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए । 
 
मन्त्री पौडेलले प्राविधिक शिक्षामा आफूले जोड दिएको उल्लेखगर्दै शिक्षा क्षेत्रमा नमुना काम गरेर देखाउने आफ्नो लक्ष्य रहेको छ भने । 
 
शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्ने प्रक्रियामा आफू लागिपरेको बताउँदै उनले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन शिक्षकलाई निर्देशन पनि दिए ।
 
मन्त्री पौडेलले शनिबार बिहानैदेखि विभिन्न विधालयको भ्रमणमा छन् । मन्त्री पौडेलले बिहान राष्ट्रिय मावी खैरहनी, आफैँ पढेको माडी माध्यामिक विद्यालय तथा माडी क्याम्पसका शिक्षक प्राध्यापकसँग शिक्षाका क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा छलफल गरे । 
 
शिक्षकले दरबन्दी लगायत शैक्षिक विकासका विषयमा जिज्ञासा राखेका थिए । सोही छलफलका क्रममा राजनीतिक प्रशंग कोट्याउँदै मन्त्री पौडेलले संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको तथा स्थानीय चुनाव पनि यही सरकारको पालामा गर्ने जिकिर गरे । 
 
मन्त्री पौडेलले यसअघि प्रेस सेन्टर नेपाल चितवनद्वारा बुझाइएको ज्ञापनपत्र बुझ्दै चितवनमा मिडिया एकेडेमी बनाउने विषयमा आफ्नो सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ