arrow

पर्वतमा जिप दुर्घटना, तीनको मृत्यु, सात घाइते

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
Parbati-hamrakura.jpg.jpeg
पर्वत। उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे छ । दुर्घटनामा सात घाइते भएका छन् । 
 
पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको र कास्की जिल्ला रिभान– ९ बस्ने ३० वर्षीया डिलकुमारी बुढाथोकी तथा सोही ठाउँ बस्ने ६० वर्षीया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए । 
 
दुर्घटनामा सख्त घाइते कास्की रिभान– ९ की १४ वर्षीया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।  अन्य सातजना घाइतेको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिए । 
 
सवारी चालक रिमबहादुर फगामीलाई नियन्त्रणमा लिइएको बताइएको छ । कच्ची सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ