arrow

'ओलीले एमालेलाई दास बनाउन खोजेपछि विद्रोह गर्‍यौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
madhav-kumar-nepal-ncp-united.jpg

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरूले विद्रोह गरेको बताएका छन् । धनुषा मा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीका कारण पार्टी विभाजन भएको सुनाए । 

जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाइ बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको अध्यक्ष नेपालको आरोप थियो । “गठबन्धन संविधानको रक्षाका लागि बनेको हो”, उनले भने । 

संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अवधारणा अघि सारिएको उनले बताए ।  आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी उनले गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ