arrow

सिडिओ र एलडिओ बन्न कर्मचारीमा तँछाडमछाड, काँग्रेसी कर्मचारी निराश

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
Home_ministry_nepal.jpg.jpeg
काठमाडौं । नियमावली परिवर्तन गरेर कर्मचारीको सरूवाका गर्ने समय थपगरेसँगै कर्मचारीहरूमा आफूलाई पायक पर्ने निकायमा जानको लागि तँटाडमछाड सुरू हुन थालेको छ । आफूलाई राम्रो ठाउँमा सरूवागर्न माग गर्दै पछिल्लो समय काँग्रेस निकट र माओवादी केन्द्र निकट कर्मचारीहरू आफ्नो पहुँच पुगेको नेताहरूकोमा धाउन थालेको सम्बद्ध कर्मचारी स्रोतले जानकारी दिएको छ । 
 
काँग्रेसी कर्मचारीहरूको संस्था निजामती कर्मचारी युनियन(संघ) निकट स्रोतका अनुसार यो वर्ष ३ दर्जन भन्दा बढी जिल्लामा सिडिओ सरूवा गर्ने तयारी भईरहेको छ । सामान्यतयाः एक वर्ष नपुगेका सिडिओहरूलाई सरूवा नगरिने पुरानै परम्परा रहेको छ । यो वर्ष नेपाली काँग्रेसका विमलेन्द्र निधी गृहमन्त्री रहेकोले पनि अहिले सिडियो बन्न सम्भावितहरू काँग्रेस नेताहरूको घरमा धाईरहेका छन् । 
 
काँग्रेसी कर्मचारीहरू नै निराश !
कर्मचारी स¿वाको विषयमा पार्टी नेतृत्व उदासिन बनेको भन्दै काँग्रेसी कर्मचारीहरु नै पछिल्लो समय निराश बन्न थालेका छन् । कुन कर्मचारीलाई कुन ठाउँमा सरूवा गर्ने भन्ने विषयमा भित्री रूपमा छलफल भएको भएपनि संस्थागत रूपमा युनियनसँग कुनैपनि काँग्रेसी मन्त्रीहरूले छलफल नगरे पछि काँग्रेसी कर्मचारीहरूमा भने निराशा छाएको हो । 
संस्थागत रूपमा अहिलेसम्म छलफल नगरेर आफ्ना निकटका मान्छेहरूलाई मात्रै राम्रो ठाउँमा सरूवागर्न लागिएको हो कि भन्ने शंका उत्पन्न भएको भन्दै युनियनका एक अधिकारीले हाम्राकुरासँग गुनासो गरे । 
 
‘सिद्धान्तको पछि लाग्ने हामीहरूलाई हेरेको हे¥यै पार्ने भए अहिलेसम्म छलफल पनि गरेका छैनन् ।’ ती कर्मचारीले भने एमालेको सरकार हुँदा पहिले छलफल नगरी कुनैपनि निर्णय गर्दैनथ्यो, हाम्राले अहिलेसम्म कुनै कुरो समेत पनि निकालेका छैनन्, अनि कसरी हुन्छ ’  
 
उता माओबादीमा पनि राम्रो मन्त्रालय खोज्नेहरूको भीड लाग्ने गरेको स्रोतले जनाएको छ । अहिले अन्य भन्दा पनि बढी योजनाहरू हुने जिल्ला विकास समितिमा एलडिओ बनेर जानको लागि माओबादीका तर्फबाट स्थानीय विकास मन्त्री बनेका हितराज पाण्डेलाई भेट्ने माओबादी कर्मचारीहरूको लाईन लाग्न थालेको छ । यद्यपि थोरै कर्मचारी रहेकोले माओबादीलाई काँग्रेसलाई जस्तो सकस भने नपरेको बताईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ