arrow

औषधी रित्तिदै स्वास्थ्य संस्था र क्लिनिकहरु

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
ausdhi photo.jpg.jpeg
श्रीकृष्ण सिग्देल । स्याङ्जा। सरकारद्धारा जिल्ला अस्पतालबाट सर्वसाधारणका लागि ७० किसिमका औषधी निशुल्क उपलब्ध गराउने उदघोष गरेपनि स्याङ्जामा ३÷४ प्रकारका सामान्य औषधी बाहेक अन्य केही नरहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालयको स्टोर कक्षमा वी कम्प्लेक्स, आइरन चक्की, सीटामोल र जीवनजल केही मात्रामा मात्र रहेको स्टोर प्रमुख शोभाकान्त पौडेलले जानकारी दिए । जीवनजल भए पनि जींक चक्की भने नभएको उनले बताए ।
 
 टेण्डर नभएका कारण गतबर्षदेखि नै केन्द्रबाट औषधी जिल्लामा आउन सकेको थिएन । २०७१ सालको भदौमा केही मात्रामा औषधी जिल्लामा आएको थियो । केही औषधी क्षेत्रीय कार्यालय पोखराबाट फागुनमा ल्याइएता पनि त्यसपछि जिल्लामा कुनै किसिमका औषधी आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए । पछिल्लो समयमा अघोषित भारतीय नाकाबन्दीका कारण औषधी ल्याउन कठिन भए पनि जिल्लामा भने पहिला देखिनै औषधीको अभाव रहदै आएको हो । करिब डेढ बर्षअघि आएका औषधीका म्याद अव सकिदैछन र्।  न नया आउने संभावना देखिएको छ , न त यहांका औषधी नै प्रयोगका लागि उपयुक्त हुन्छन् ’ अस्पताल प्रमुख डा सूर्य गुरुङ भन्छन् ।
 
 स्याङजाका एक जिल्ला अस्पताल, एक उपस्थास्थ्य चौकी, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ६४ स्वास्थ्य चौकी, सामुदायिक अस्पताल २ र शहरी स्वास्थ्य केन्द्र ३ गरी ७५ वटा स्वास्थ्य संस्था मार्फत सेवा उपलब्ध गराउदै आएको छ । पछिल्लो घोषणा अनुरुप सरकारले जिल्ला अस्पतालका लागि ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३८ प्रकारका ओैषधी उपलब्ध गराउने जनाएको थियो । तर, स्याङ्जामा भने ३÷४ थरिका औषधी पनि निकै कम मात्रामा रहेका छन् । बिरामीको चाप हुने स्वास्थ्य संस्थामा औषधीको अभाव देखिन थालेको सुचना अधिकारी अर्यालको भनाई छ । जिल्ला अस्पताल, वालिङ र मालुङ्गा प्रथामिक स्वास्थ्य केन्द्र, खिलुङ र चापकोट स्वास्थ्य केन्द्रमा विरामीको चाप बढी हुने भएकाले औषधीको अभाव देखिन थालेको सुचना अधिकारी अर्यालको भनाई छ । 
 
यता नीजि तथा औषधी थोक बिक्रेताले पनि औषधीको अभाव देखिएको बताएका छन् । वालिङका विशाल फर्माका औषधी बिक्रेता नेत्रप्रसाद पाण्डेका अनुसार विरामीले दैनिक सेवन गर्नुपर्ने मधुमेह र मुटुका रोगीहरुका लागि प्रयोग हुने औषधी अभावले समस्या बल्झन थालेको बताएका छन् । यो अवस्था एक महिना सम्म लम्विने हो भने जिल्लामा स्वास्थ्य उपचार नपाउदा नागरिकको अवस्था कष्टकर हुने पाण्डेको भनाई छ । यो फर्माबाट जिल्लाका केही गाविस र पर्वतको दक्षिणका गाविसहरुमा औषधी बिक्रि गर्दै आएको छ । एक महिनादेखि औषधी नभित्रिएको पाण्डेको भनाई छ । नीजि फर्मा यो पात्र मात्रै भएपनि अधिकांश औषधी व्यवसायीहरुको पसलमा औषधीहरु यिरत्तिदै जान थालेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ