काठमाडौं । एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्रको गुटबन्दीले पार्टी विभाजन गराउन सक्ने भन्दै सबै कार्यकर्तालाई सचेत हुन भनेका छन् ।
काठमाडौँको डल्लुमा भएको कार्यक्रममा नेता खनालले आफ्नो गुटको संरक्षण गर्ने बहानामा पार्टी विभाजनसम्म गराउने खेल भइरहेको सुनाए । नेता खनालले पार्टीलाई गुटबन्दी गरेर गलत दिशा तपÞर्m लान खोजेको र कोठे अधिवेशन गरेर पार्टीलाई तोड्ने काम नगर्न स्थानीय कार्यकर्तालाई आग्रह समेत गरे ।
सार्वजनिक कार्यक्रममा गुटबन्दीको विरोध गर्दैै आएका नेता खनाल पछिल्लो समय माधव नेपालसंगको संयुक्त समूहमा छन् । यस्तै, दुवैले पार्टीका महत्वपूर्ण बैठमा समेत नेतृत्वको ध्यानाकर्षण गराएका गराउँदै आएका छन् ।