arrow

आफ्ना प्रतिवद्धता पूरा गरेरै छाड्छु : उम्मेदवार बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
Prakash Baral kaski 3 (1).jpg

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने स्पष्ट पारेका छन् । 

संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति पोखरा महानगरपालिका वडा नं. ५ मा आयोजित संयुक्त चुनावी भेलालाई संवोधन गर्दै उम्मेद्वार बरालले यस्तो प्रतिवद्धता जनाएका हुन्  ।

साथै उनले आफ्नो ध्यान सुशासनसहितको विकासमा केन्द्रित हुने भन्दै पोखरा-५ लाई कृषि पर्यटनसंग जोड्का लागि आफूले प्रयास गर्ने स्पष्ट पारे । पोखरा-५ कृषिका लागि उर्वर भूमि भएकाले कृषि पकेट क्षेत्र बनाउन पनि आफ्नो चाहना रहेको उनले बताए । 

पोखरा महानगरभित्रै केही सडक अझै पनि धुलाम्मे अवस्थामै रहेको उल्लेख गर्दै उनले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे । पोखरा फेवातालकै कारण पोखरा भएको उल्लेख गर्दै उनले फेवातालले सबैलाई फाइदा दिएकोले यसको संरक्षण अपरिहार्य भएको बताए ।

उनले भने, ‘सबै पोखरेलीलाई एकतावद्ध बनाएर फेवातालको समस्या समाधान गर्नुपर्छ । परिवर्तन र विकासमा सबैले साथ दिनुपर्छ ।’ प्रदेशको प्रभावकारिताका विषयमाथि प्रश्नचिन्ह खडा भएको भन्दै उम्मेदवार बरालले आगामी दिनमा जनतामा आशा जगाउनेगरि काम गर्ने स्पष्ट पारे । 

आफूले सरकारी जिम्मेवारीमा रहँदा पनि जनताको सेवा गरेको भन्दै उनले अहिले पनि जनताकै पिर, मर्का र भावना बुझेर काम गर्नकै लागि चुनावी मैदानमा होमिएको बताए । 

उनले भने, ‘जनताको मतको अपमान कहिल्यै पनि गर्दिन, इमान्दार भएर काम गर्नेछु, मत खेर जान दिन्न र आफ्नो प्रतिवद्धता पूरा अवश्य गर्नेछु ।’

कार्यक्रममा कास्की-३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रामजी प्रसाद बराल जीवनले जनताका प्रत्येक दुःख सुखमा साथ दिने बताए । 

कास्की क्षेत्र नं. ३ संयुक्त गठवन्धन निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गठवन्धन देशको आवश्यकता भएकाले गठवन्धनका उम्मेद्वारलाई जसरी भए पनि जिताउन आवश्यक रहेको स्पष्ट पारे । 

एकीकृत समाजवादी पार्टीका नेता पुष्पराज बरालले उम्मेद्वारहरुले जनताका समस्यामा ध्यान दिन आवश्यक रहेको बताए । 

नेपाली कांग्रेसका वडा सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रकाश कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता पोषनाथ शर्मा, नेकपा एसका गण्डकी संयोजक प्रेम पौडेल, माओवादी केन्द्रका सचिव नवराज कोइराला लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ