arrow

पार्टीको विधान सच्याएर भएपनि राप्रपा नेपालसँग पार्टी एकता गर्छौं : राणा

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
pasupati-rana1.jpg.jpeg
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टीको आन्तरिक विधान सच्याएर भएपनि राप्रपा नेपालसँग पार्टी एकता गर्ने बताएका छन् । 
 
यस्तै, राणाले राप्रपा मधेसको समस्या समाधानका लागि गम्भीर रहेको बताए । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले संविधान कार्यान्वयनका लागि मधेसका माग सम्बोधन गर्नुपर्ने बताए । 
 
अध्यक्ष राणाले पञ्चेश्वर, पश्चिम सेती, कर्णाली परियोजना कार्यान्वयनमा आउनसके सुदूरपश्चिम क्षेत्र विकासको केन्द्र हुने पनि बताताए । आफूहरुले अहिलेसम्म धर्मनिरपेक्ष राष्ट्रको विरोध गर्दै आएकामा अब हिन्दूवादलाई पार्टीको सिद्धान्त बनाउने उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ