arrow

पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
pakistan-africa.jpg

काठमाडौं । आइसिसी टी-२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको छ । अष्ट्रेलियाको सिड्नीका बिहीबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस प्रणालीका आधारमा ३३ रनले हराएको हो ।

वर्षाका कारण पाकिस्तानले दिएको एक सय ४२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा नौ विकेटको क्षतिमा एक सय आठ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल १४ ओभरमा झारिएको थियो ।

पाकिस्तानको जितसँगै तेस्रो स्थानमा रहेको पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना छ तर दक्षिण अफ्रिकाको सेमिफाइनल सम्भावना भने अझै बलियो छ। समूह ‘बी’ मा रहेको पाकिस्तानको चार खेलबाट चार अङ्क छ भने पाँच अङ्कका साथ दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । भारत ६ अङ्कका साथ शीर्षस्थानमा छ ।

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि सादब खानले सर्वाधिक ५२ र इफ्तिखर अहमदले ५१ रन बनाए । मोहमद नवाज र मोहमद हरिसले समान २८/२८ रन जोड्नुभयो । बलिङमा दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्किया एक्लैले चार विकेट लिए ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ३६ रन बनाए । एडिन मार्क्रमले २०, ट्रिस्टान स्टुब्सले १८ र हेईनरिच क्लासेनले १५ रन बनाए । बलिङमा पाकिस्तानका शहिन शाह अफ्रिदीले तीन तथा सादब खानले दुई विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ