arrow

प्रधानमन्त्री देउवा चुनावी क्षेत्रमा व्यस्त, आज दुई सभालाई सम्बोधन, यस्ता छन् कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
sher-bahadur-deuba-dadeldhura-2079-07-18.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । 

बिहीबार दिउँसो गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार उनले आज बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवाले भोलि शनिबार बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवा कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम छ । डडेल्धुरामा देउवासँग कांग्रेस वीपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार भिड्दै छन् ।

स्वतन्त्र उम्मेदवार ढकाल भने हिजो देउवालाई स्वागत गर्न लाइनमा बसेसँगै चर्चामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ