arrow

सेञ्चुरी बैंक र दराजबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
Daraj_Century Tie Up.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । 

यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रालिका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे । 

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । 

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्ने बैंकले जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ