arrow

सेञ्चुरी कमर्सियल बैङ्क र दराज केयमुबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
century-daraj-tie-up.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड र दराज केयमु प्रालि बीच बैङ्कमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ। उक्त सम्झौता पत्रमा बैङ्कको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शङ्कर केसी र दराज केयमु प्रालिका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे।

बैङ्कमा खाता रहेका ग्राहकहरूले दराजको ११.११ अभियानमार्फत अनलाइन सामान खरिद गर्दा बैङ्कको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५  प्रतिशत वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २०  प्रतिशत वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नु पर्नेछ।

सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैङ्किङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ