arrow

सेञ्चुरी बैङ्कको लाभांश घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
century-commercial-bank-limited-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

मङ्सिर १४ गते बसेको बैङ्क सञ्चालक समितिको ३७२औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो।

बैङ्कको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब पचपन्न करोड उनन्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसामा ४.७५ प्रतिशतले हुन आउने रकम पैँतालिस करोड अड्तीस लाख दश हजार छ सय छयासी रुपैयाँ पन्चानब्बे पैसा बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम रु. दुई करोड अड्तीस लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैङ्कले जनाएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति भई बैङ्कको आगामी १२औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ। 

सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड र प्रभु बैङ्क लिमिटेडबिच  २०७९/०४/१५ मा संस्था प्राप्ति सम्बन्धी सहमति भएको छ। जस अनुरूप प्रभु बैङ्कले सेञ्चुरी बैङ्कलाई प्राप्ति गर्नेछ र पौष मसान्त भित्र नै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ