arrow

सेञ्चुरीको साधारण सभा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
century-commercial-12th-agm.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको हो । 

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० मा ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८–७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँट लगायतका प्रतिवेदन पारित गरेको छ । 

यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ ।
 
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्ब परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ