arrow

सेञ्चुरी बैंक, जंगल भिल्ला र त्रिसाराबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
century-bank-2079-05-31.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ्ग प्रयोगकर्तासम्पूर्ण ग्राहक तथा बैकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाण्डौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमुख सुहानी गिरीले हस्ताक्षर गरे । 

साथै त्रिसारा, काठमाडौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ्ग फ्याकट्रीमा समेत उपलब्ध हुनेछ । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाडौंका तर्फबाट प्रबन्ध निर्देशक शोभनवीर मालाकारूले हस्ताक्षर गरे ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ