arrow

सेञ्चुरी बैंक प्रकरणमा पक्राउ परेका सबै बैंकरहरु रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
Manoj-Neupane-CEO.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । धितोले खामेभन्दा बढी कर्जा दिएको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित दश जना छुटेका छन् । बैंकका तत्कालीन सीईओहरु तुलसी गौतम र मनोज न्यौपानेसहित सबैलाई रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता हविन्द्र बोगटीले बताए ।

हाजिर जमानीमा छुटेका उनीहरु अब हरेक दिन सीआईबी कार्यालयमा उपस्थित हुनु पर्नेछ । छुटेका उनीहरुलाई बैंक तथा आफन्तको जिम्मा लगाइएको छ । 

१५ फागुनमा पक्राउ परेका उनीहरुलाई पछिल्लोपटक २८ फागुनमा ५ दिनको म्याद थपेर अनुसन्धान गरिएको थियो । अनुसन्धानको काम लगभग पूरा भइसकेको भन्दै उनीहरुलाई छाडिएको बोगटीले बताए ।

यो आरोपमा पूर्वसीईओद्वय गौतम र न्यौपानेसँगै कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ