arrow

सेञ्चुरी बैंक र काठमाण्डौं क्यान्सर सेन्टरबीच सेवा सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
century-bank-kathmandu-cancer.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 

थ्रीडी सीआरटी सेवा, आईएमआरटी सेवा, भीएमएटी सेवालगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनीकुमार झा र बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले हस्ताक्षर गरे । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै बैंकले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ