arrow

सेञ्चुरी बैङ्कको पदमपुर शाखा अब नयाँ ठाउँमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
centuray-padampur-branch-shifting.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले कात्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ।

पदमपुर शाखा नयाँ ठाउँमा बैङ्कको अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूले समुद्घाटन गरी सेवा सञ्चालन गरेका छन्। उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैङ्कका कर्मचारीहरू तथा स्थानीय बासीहरूको उपस्थिति रहेको थियो।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैङ्कले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैङ्किङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैङ्किङ सेवा प्रदान गर्दै आएको छ। बैङ्कको कुल शाखा सङ्ख्या १४८ छ भने बैङ्कले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैङ्किङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ