arrow

नेतान्याहू र अति दक्षिणपन्थी संगठनले जित्यो इजरेली चुनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
Benjamin-netanyahu.jpg

काठमाडौं । दक्षिणपन्थी पूर्व इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नेतृत्वमा रहेको गठबन्धनले १२० सिट भएको संसद (नेसेट) मा बहुमत सिट जितेको छ ।

यससँगै लगातार १२ वर्ष इजरेलको प्रधानमन्त्री बनेका विवादास्पद व्यक्तित्व नेतान्याहू सत्तामा फर्किएका छन् । बिहीबार घोषणा गरिएको अन्तिम चुनावी नतिजाले नेतान्याहू र उनका अतिराष्ट्रवादी सहयोगीहरू जसमध्ये धेरैलाई इजरेली राजनीतिमा केही वर्षअघि फिक्का मात्रै मानिन्थ्यो । तिनीहरुले १२० सिट भएको संसदमा ६४ सिट जितेका छन् । जसमध्ये ३२ सिट नेतान्याहूको लिकुड पार्टीका छन् ।

बुधवार लगभग ८५ प्रतिशत मत गणना भइसकेको अवस्थामा नेतान्याहूले समर्थकहरूलाई आफूहरु धेरै ठूलो विजयको छेउँमा रहेको र स्थिर, राष्ट्रिय सरकारू गठन गर्ने प्रतिबद्धता सुनाएका थिए ।

वर्तमान गठबन्धनमा उनका विपक्षीहरू मध्यवादी वर्तमान प्रधानमन्त्री यायर लापिडको नेतृत्वमा ५१ सिट हात परेका छन् । बाँकी  सिट एउटा सानो असंबद्ध अरब पार्टीको हातमा छ।

ल्यापिडले नेतान्याहूलाई बधाई दिँदै आफ्ना कर्मचारीहरूलाई सत्ताको संगठित संक्रमणको तयारी गर्न निर्देशन दिएका छन् ।

यससँगै भ्रष्टाचारको मुद्दा परेका नेतान्याहूलाई इजरेली राष्ट्रपति इसाक हर्जोगले सरकार गठन गर्न आमन्त्रित गर्नेछन् । यो प्रक्रिया अर्को हप्ता शुरु हुने सम्भावना रहेको छ ।

नेतान्याहूसँग इतिहासमा सबैभन्दा दक्षिणपन्थी इजरेली सरकार बनाउनका लागि २८ दिनको समय हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ