arrow

गणतान्त्रिक इञ्जिनियरहरुबाट चुनाव बहिस्कारको घोषणा

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
NEA_Elec-Press-Release.jpeg
काठमाडौँ । गणतान्त्रिक इञ्जिनियरहरुले नेपाल इञ्जिनियर्स एसोसिएशनको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन् । गणतान्त्रिक समूहका इञ्जिनियरहरुले एसोसिएशन पञ्चायतकालिन विधानअनुसार अगाडि बढेकाले आम इञ्जिनियरको पक्षमा काम नहुने बताए । 
 
समूहको तर्फबाट इञ्जिनियर लोकबहादुर रावत, भेष राज कँडेल र अनन्तबहादुर गुरुङ्गले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल इञ्जिनियर्स एसोसिएशनको चुनाव समानुपातिक र समावेशी नभएको भन्दै चुनाव बहिस्कार गर्न सम्पूर्ण इञ्जिनियरहरुलाई अपील समेत गरेका हुन् ।
 
विज्ञप्तिमा देश समानुपातिक र समावेशी संरचनामा गइसक्दा पनि एसोसिएशन पुरानै संरचनामा सीमित गराई केही मान्छेहरुले एक पक्षीय बनाउन खोजिएको उल्लेख छ । ‘निरङ्कुश पञ्चायतकालिन सामन्ती व्यवस्थाका केही व्यक्ति सदस्य रहेको बेलामा बनेको नेपाल इञ्जिनियर्स एसोसिएशनको विधान र व्यवस्थापन विधिमा गठित संस्थामा हजारौँ संख्यामा सदस्य आवद्ध भइसकेको परिप्रेक्षमा अपुरो हुन पुगेको छ ।
 
यसलाई देश विदेशमा रहेका नेपाली इञ्जिनियरमाझ साझा एशोसिएशन बनाउन वास्तविक लोकतन्त्रले मागेको मानुपातिक समावेशी संरचना नै हो । जबसम्म समावेशी र समानुपातिक व्यवस्था लागू गर्न सकिँदैन, यसबाट वैज्ञानिक र रचनात्मक गतिविधि हुन सक्ने देखिँदैन’ विज्ञप्तिमा भनिएको छ ।
 
गणतान्त्रिक समूहले २०७० को चुनावबाट विजयी कार्यकारी परिषद्ले अहिलेको विधानमा आवश्यक संशोधन गरेर समानुपातिक, समावेशी बनाउन निर्दिष्ट दिशा अबलम्वन गर्ने प्रतिवद्धता जनाएपनि त्यो प्रतिवद्धता कार्यान्वयन हुन नसकेकाले चुनावको कुनै अर्थ नभएको बताएको छ । 
 
करिब पाँच दशकको इतिहास बोकेको एसोसिएशनको हरेक दुई वर्षमा नयाँ नेतृत्व चयन हुन्छ । आगामी ३१ गते एसोसिएनको नयाँ नेतृत्व चयनको लागि कार्यतालिका सार्वजनिक गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ