- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि दलहरूको प्रचारप्रसारका लागि राजधानीको बागबजार क्षेत्रमा प्रचार सामग्रीको छपाई व्यापक रुपमा भइरहेको छ । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रचारप्रसार शुरु भएपछि विभिन्न पार्टीका झण्डा बनाउन धमाधम बागबजार आसपास रहेका छापाखानाका व्यापारीहरूलाई भ्याइनभ्याइ छ । उनीहरूले दिन–रात नभनी पार्टीका झण्डासँगै अन्य चुनाव प्रचारप्रसार सामग्री तयार पारिरहेका छन् । अरु बेला फुर्सदिला देखिने ब्यापारीहरु निर्वाचनको मिति नजिकिदै गर्दा निकै व्यस्त देखिन्छन् ।
बागबजार छेत्रका हरेक झन्डा ब्यापारीहरुले दैनिक ५ देखि ६ हजार पिससम्म विभिन्न पार्टीका झण्डा छाप्ने उनीहरु बताउँछन् ।
उनीहरुले झण्डा लगायत अन्य ब्याच, टोपी, जस्ता चुनावसँग सम्बन्धित सामानहरू पनि बनाइरहेका छन् ।