arrow

म्यान्चेस्टर बर्डीको बाजी म्यान्सिटीले मार्‍याे, म्यानयुलाई झट्का

मौरिन्हो भन्दा ग्वार्डीओला अब्बल

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
darbi-khel.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिगको बहुप्रतिक्षित म्यान्चेस्टर डर्बीको बाजी म्यान्चेस्टर सिटीले मारेको छ । म्यान्चेस्टर युनाइटेडलाई भने झट्का लागेको छ । प्रिमियर लिगका दुई महारथी म्यानयु र म्यान्सिटीबीच शनिबार साँझ ओल्डट्राफोडमा भएको खेलमा सिटी २–१ को संघर्षपूर्ण जित हासिल गर्न सफल भयो । 
 
खेलको १५ मिनेटमै म्यान्सिटीले केभिन डे ब्रायनको गोलबाट अग्रता लियो । ३६औं मिनेटमा सिटीकै केलेची ल्हेनाचोले एक गोल थप्दै अग्रता दोब्बर पारे । यद्यपि, पहिलो हाफ अघि ४२औं मिनेटमा ज्लाटान इब्राहिमोभिचले गोल गर्दै म्यानयुको  हार अन्तर कम गरे । म्यानयुका खेलाडीबाट त्यो भन्दा बढी कुनै प्रगति हुन सकेन । अन्तर कम गरेपछि आक्रामक भएको म्यानयुका चार खेलाडीले पहेंलो कार्ड पाए । 
 
उनीहरुले गोलका लागि थुप्रै प्रयास गरे । सफल हुन सकेनन् ।  हारसंगै म्यानयु प्रशिक्षक जाेजे मौरिन्हो भन्दा म्यान्सिटी प्रशिक्षक पेप ग्वार्डिओला नै अब्बल रहेको प्रमाणित भएको विश्लेषण भएको छ । यो डर्बीलाई दुबै तर्फका खेलाडी र प्रशिक्षकको परीक्षाका रुपमा लिइएको थियो । 
 
यो जितसंगै अपराजित रहेको म्यान्सिटी १२ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा यथावत छ । तीन खेल लगातार जितेको युनाइटेड पहिलो हार बेर्होदै पछि परेको छ ।
 
Kevin de Bruyne (right) helped Manchester City defeat Manchester United 2-1 at Old Trafford
 
Zlatan Ibrahimovic's fine strike just before half-time was not enough for Jose Mourinho's men
 
Pep Guardiola (right) will be delighted to gain the advantage over old foe Mourinho (left)
 
David de Gea was powerless to stop both De Bruyne and Iheanacho's strikes
 
Ibrahimovic (right) gave Manchester United a lifeline but 2-1 was how it ended
 
Claudio Bravo was less than impressive on his debut for Manchester City
 
Iheanacho (left) proved to be an adequate replacement for Sergio Aguero 



नयाँ