- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ट्विटरले प्रयोगकर्ताहरूलाई ब्लू टिक प्रमाणित ब्याज किन्नका लागि अनुमति दिने योजनाको पुष्टि गरेको छ । एप्पलका प्रयोगकर्ताहरुका लागि कम्पनीले यो सुविधा निश्चित देशहरूमा एक अपडेटमा खुला हुने घोषणा गरेको हो । यसरी ब्लू टिक प्राप्त गर्ने प्रति महिना ७.९९ अमेरिकी डलर (७ पाउण्ड) तिर्नु पर्नेछ ।
ट्विटर फेक अकाउन्टहरुले भरिएको हुनसक्ने भन्ने मस्कको चिन्ताकाबीच यो नीति परिवर्तन विवादास्पद बनेको छ । यसअघि मस्कले शुक्रबार कम्पनीको करिब आधा कर्मचारीहरूलाई हटाउने घोषणा गरेका थिए ।
यसअघि ब्लू टिक उच्च पदस्थका, सेलिब्रेटि एवं संस्थाहरुलाई मात्रै उपलब्ध रहेको थियो । ब्लू टिकले प्रयोगकर्ता वास्तवीक व्यक्ति हो भन्ने प्रमाणहरुसहित राम्रो पहिचान उपलब्ध गराउँछ ।
नीति परिवर्तनले सरकारी व्यक्तित्वहरू, सेलिब्रेटीहरू, पत्रकारहरू र ब्रान्डहरूलाई मासिक शुल्क तिर्न इच्छुक कुनै पनि प्रयोगकर्ताद्वारा प्रतिरूपण गर्न सक्ने चिन्ता भने बढाएको छ ।
विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले गत महिना ४४ अर्ब डलरको सम्झौतामा कम्पनी खरिद गरेपछि ट्विटरको आम्दानीमा विविधता ल्याउन खोजिरहेका देखिन्छन् ।