arrow

एक हप्ताभित्र अघोषित नाकाबन्दी हट्ने सञ्चारमन्त्रीको विश्वास

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
sher-dhan-rai.jpg.jpeg
भोजपुर । सरकारले भारतले लगाएको अघोषित नाकाबन्दी एक हप्ताभित्र हट्ने जनाएको छ । नेपाल सरकारका प्रवक्ता शेरधन राईले आज गृह जिल्ला भोजपुरमा पत्रकारसँग कुरा गर्दै सरकारले गहन रुपमा नाकाबन्दी अन्त्य गर्न पहल गरिरहेको र अब एक हप्तामा जारी समस्याको समाधान भएर नाकाबन्दीसमेत हट्ने विश्वास व्यक्त गर्नुभयो । 
 
सूचना तथा सञ्चार प्रविधिमन्त्री राईले जारी नाकाबन्दीले नेपालीलाई ठूलो मार परेको भए पनि सहनशील हुँदै सरकार कुनै पनि हालतमा भारत सामु नझुक्ने स्पष्ट गर्नुभयो । उहाँले अघोषित नाकाबन्दी र तराई आन्दोलनले सिर्जना गरेको विषम परिस्थितिमा पनि सरकारले अधिकतम विकल्प अपनाएर उपभोग्य वस्तुको सुरक्षित ढुवानी र वितरणमा प्रयत्न गरिरहेको बताउनुभयो । 
 
अर्को प्रसङ्गमा सञ्चारमन्त्री राईले दुई वर्षभित्र देशका कुना कुनामा सञ्चारको पहुँच पुर्‍याइने बताउँदै अप्टिकल फाइबर बिच्छ्याएर सहज इन्टरनेटको सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा देशका पाँच जिल्लामा काम थालिने छ । मन्त्री राई शनिबार घोरेटारमा हुने स्थानीय शान्ति समितिले आयोजना गर्न लागेको संविधान अनुशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ