arrow

शशांक कोइरालाले गरे केरुङ्गे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
sashank-koirala-2079-05-25.jpg
तस्बिर – फाइल ।

मध्यविन्दु । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा बर्सेनि आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् ।

नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोइरालाले केरुङ्गे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिएका हुन् । खोलाको दुवै छेउँमा पाँच–पाँच सय मिटरको ड्याम बाँध्नुपर्नेमा ५० मिटर मात्रै छेकबार लगाइएको छ । 

स्थानीय रमिला भुजेलले खोलामा ड्याम नहुँदा बर्खामा बाढीले धनजनको क्षति हुनुका साथै स्थानीयवासी डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ