arrow

माइलाको लक्ष्य : मादी राउण्ड ट्रेक स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
Deepak gurung.jpg

पोखरा । नेपाली कांग्रेसका युवा नेता तथा कास्की १ (ख) का उम्मेद्वार दीपक गुरुङ ‘माइला’ आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा सक्रिय छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार उमेदवार गुरुङको उम्मेद्वारीसFगै युवाहरु उत्साही बनेका छन् । 

उनले क्रपुडाँडादेखि कोरीसम्म, गुरुङहरुको उद्गमथलो क्व्होँलासोँथरदेखि क्हफुचे हिमतालसम्म पर्यटनका क्षेत्रमा चार ‘क’ का एजेण्डा अघि सारेका छन् । गुरुङले पर्यटकीय गाउँ सिक्लेस, ताङतिङसहित याङजाकोट लगायत मादी गाउँपालिकामा घरदैलो सकिसकेका छन् । मादी गाउँपालिकाका १२ वटा वडा र पोखरा महानगरपालिकाका पाँचवटा वडा यस क्षेत्रमा पर्छन् ।

नेपाली कांग्रेसमा विद्यार्थीकालीन राजनीतिबाट प्रवेश गरी तरुण दल हुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन । मादीलाई पर्यटकीय हब बनाउने एजेण्डालाई अगाडि सारेर उनी चुनावी मैदानमा होमिएका छन् । उनको योजना छ, “मादी राउण्ड ट्रेक स्थापना गर्ने ।”

यसका अलावा क्होंलासोंथर सांस्कृतिक पदमार्ग र पोखरा-मादी-मनाङ रुटलाई भर्जिन ट्रेककारुपमा विकास गर्ने उनको योजना छ । घरवास योजनाअन्तर्गत परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माणलाई प्राथमिकतामा राखेका छन ।

निर्वाचन क्षेत्रमा सडक सञ्जालको विस्तार गर्ने, पोसी-मिजुरे-भाचोक-तोगी-याङ्जाकोट-ताङतिङ-सिक्लेस-तप्राङ सडकको स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ । भूगोल, जनसंख्या र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालन गर्ने, १५ शैयाको अस्पताल स्थापना गर्ने, स्वास्थ्य संस्थालाई दक्ष चिकित्सक र उपकरणयुक्त बनाउने उनको योजना छ ।

हरेक घरधुरीलाई शुद्ध पिउने पानीको उपलब्धता, कृषकलाई आधुनिकीकरण र प्रविधिकरणमार्फत उत्पादन बढाउने, त्यो उत्पादनका लागि बजारको सुनिश्चितता गर्ने उनको एजेण्डा छ ।

हरेक घरमा, एक रोजगार, एक वडा, एक उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । महिलालाई अर्थोपार्जनमा जोड्ने भूमिहीनको व्यवस्थापन, विपत व्यवस्थापनका लागि कोष सञ्चालन गर्ने एजेण्डासहित उनी चुनावी मैदानमा छन । आफू निर्वाचनमा विजयी भएमा भ्रष्ट्राचाररहित समुन्नत समाज निर्मणको लागि आफ्नो ठाउँबाट अनवरत लागिरहने उनले बताए ।

को हुन दीपक ?

२०३८ असार २२ गते जन्मिएका गुरुङको राजनीति पृथ्वीनारायण क्याम्पसमा पढ्दाताका २०५६ साल बाट नेपाल विद्यार्थीसंघमार्फत शुरु भएको हो । उनी अहिले तरुण दल कास्कीको उपसभापति पनि हुन् ।

नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै उनी अहिले पार्टीमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसमेत छन । मादी क्षेत्रमा प्रख्यात र लोकप्रिय खेल बास्केटबलको विकास उनकै पहलकदमीमा शुरु हुन पुग्यो । २०५४ सालमा दीपकले नै याङ्जाकोट, ताङतिङ, सिक्लेस, चिप्ली लगायतका ठाउँमा २०५४ सालमा मार्ले नामक बास्केटबल टिम स्थापना गरे ।

उनै दीपकले शुरुआत गरेको बास्केटबलले अहिलेसम्म निरन्तरता पाइरहेको छ । पोखरा १३ मा वर्षेनी लोकप्रिय सांगीतिक सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।

विजयादशमीको अवसरमा हुने कालरात्री सांगीतिक कार्यक्रमको शुरुआतकर्ता उनै दीपक हुन् । गुरुङ प्रसिद्ध भद्रकाली बहुमुखी क्याम्पसको सञ्चालक समितिका सदस्यसमेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ