arrow

स्पेनिश ला लिगामा रियल मड्रिडको शान, बार्सिलोना लत्रियो

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
real-madrid.jpeg
नोउ क्याम्प । स्पेनिश लिग ला लिगा फुटबलमा रियल मड्रिडले शानदार जित हासिल गर्दा बार्सिलोना भने घरेलु मैदानमै पराजित भएको छ । 
 
रियल मड्रिडले घरेलु मैदानमा ओसासुनालाई ५–२ ले हरायो । क्रिष्टियानो रोनाल्डो टिममा फर्किएको खेलमा रोनाल्डोले छैटौं मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाए ।
Real Madrid star Cristiano Ronaldo has launched a stunning tirade at ex-Barcelona man Xavi
भाग पु-याउने गरी गोल भएको खेलमा त्यसपछि डानिलो, सर्जियो रामोस, पेपे र लुकाले एक एक गोल गरे । ५–० ले पछि परेको ओसासुनाले त्यसपछि भने दुई गोल थपेको थियो । 
 
Ronaldo has mocked Xavi's failure to win the Ballon d'Or in his time with the Catalan giants
 
बार्सिलोनाले भने घरेलु मैदानमै कमजोर टिम एल्भेससंग २–१ को हार बेहो¥यो । खेलमा बार्सिलोनाका लागि येरेमी माथ्युले सान्त्वना गोल गरेका थिए । 
 
Luiz Suarez cuts a dejected figure as the Alaves team celebrate an unlikely and famous victory at the Nou Camp
 
यो हारले भने बार्सिलोनाले लय गुमाएको खेलकुद विज्ञहरुले टिप्पणी गर्न थालेका छन् । 
 
Lionel Messi and Neymar are not used to being on the receiving end of defeats to lesser opposition at their home ground
 
ला लिगाका अन्य खेलमा सेभिल्लाले लस पल्मसलाई २–१ ले, भिल्लारियलले मालागालाई २–० ले तथा एथलेटिको मड्रिडले सेल्टाभिगोलाई ४–० ले हरायो । 
 
Ibai Gomez put Alaves back on top after Jeremy Mathieu had pulled Barcelona level, a goal that proved to be the winner 
 
लिगमा ३ खेलबाट ९ अंकको रियल मड्रिड शीर्ष स्थानमा छ भने सेभिल्ला ७ अंकबाट दोस्रो, ६ अंकको लस पल्मस तेस्रो तथा ६ अंकबाटै बार्सिलोना चौथो स्थानमा झरेको छ । बार्सिलोनालाई हराएको एल्भेसको ५ अंक छ । 
Mathieu headed Barcelona back on terms from a corner delivered by Neymar but the Catalan side would fall behind again
 



नयाँ